नेकपा एमाले तनहुँको जागरण सभा

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेकपा एमालेले गणतन्त्रको पक्षमा आज दमौलीमा जागरण सभाको आयोजना गरेको छ । एमालेले आज देशव्यापी रुपमा सो जागरणसभा आयोजना गरेको हो ।

यसै गरी दमौलीको एमाले पार्टी कार्यालयबाट निकालिएको  र्‍याली दमौली वजार परिक्रमा गरी अनशन चौतारीमा गएर कोणसभामा समापन गरीएको थियो ।  अनशन चौतारीमा आयोजित कार्यक्रमलाई एमाले शिर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

सम्वोधन गर्ने क्रममा जनताले लडेर ल्याएको उपलब्धीलाई पुनः पूर्व राजावादीहरुले खोस्ने दुस्साहस गर्न थालेकाले गणतन्त्रको पक्षमा जनताको चेतना जागृत गर्न जागरण सभा आयोजना गरिएको बताएका थिए । इतिहास भइसकेको राजतन्त्र अब कुनै हालतमा फर्केर नआउने जिकिर गरेका थिए।

तस्विर देव गजमेर , दमौली न्यूज

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्