भुमी आयोग तनहुँले जग्गा नापजाँच गर्न सुरु

दमौली न्युज
  • ख-
  • ख+

दमौली : भुमी समस्या समाधान आयोग तनहुँले निस्सा प्राप्त भई सकेको स्थानमा लालपुर्जाको लागि जग्गा नापजाँचको कार्य अगाडी बढाईएको छ ।

भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिको स्थलगत रूपमा सहजीकरण समिति गठन गरि कार्य अगाडी बढाएको हो ।

नापजाँचको कार्य व्यास नगरपालिकाको वाड नं १२ भानु नगरपालिकाको वडा न २ र शुक्लागण्डकी वडा नं ७ लगायत ठाँउमा समितिले नापजाँच कार्य सुरू गरेको भुमी समस्या समाधान आयोग तनहुँका बिज्ञ सदस्य श्रीराम कार्किले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्