
शालिकराम गहतराज
भिमाद : नेपाल शिक्षक महासंघ भिमाद नगर समितिको अध्यक्षमा सुरज लम्साल सर्वसम्मत चयन भएका छन्। जनज्योति स्कुलमा कार्यरत शिक्षक लम्साल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भिमादको निवर्तमान अध्यक्ष पनि हुन् । शनिवार सम्पन्न भएको प्रथम अधिवेशनबाट लम्सालको नेतृत्वमा २२ सदस्यीय समिति गठन भएको हो।
महासंघको सहअध्यक्षमा केशवराज तिमिल्सिना, उपाध्यक्ष श्रीकान्त उपाध्याय, महिला उपाध्यक्ष ईश्वरी पाण्डे अधिकारी, सचिव केशवराज कँडेल, सहसचिव प्रकाश तिमल्सिना, महिला सहसचिव बुद्धिमाया थापा र अर्थ सहसचिव मदन कुमार थापा चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा दर्शन थापा, गोविन्द सिग्देल, गीता श्रेष्ठ, जीमाया थापा, मनिषा लम्साल, पदम राना, कमलकान्त सुवेदी, सुजन ढेवाजू, माधवी सिग्देल, भीष्म राना मगर र योगबहादुर नेपाली रहेका छन् । त्यस्तै पदेन सदस्य समितिमा केदारनाथ सिग्देल, केशरबहादुर खड्का र महेन्द्र सिग्देल रहेका छन् ।
भिमाद नगरपालिका कार्यालयको सभाहलमा कार्यक्रम संयोजक केशर बहादुर खड्काको अध्यक्षतामा गरिएको कार्यक्रमको भिमाद नगर पालिका प्रमुख दधिराज सुवेदीले उद्घाटन गरेका थिए नगर प्रमुखले भिमादको शैक्षिक सुधारका लागि सगै हातेमालो गर्न महासंघ सँग आग्रह गरे । शिक्षकहरु आफ्नोअधिकार सँगै कर्तव्य प्रति जिम्मेवारी हुनु पर्ने बताए।
कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष चन्द्रमणि कोइरालाले वर्तमान आन्दोलनमा सम्पूर्ण शिक्षकहरू एकढिका भएर लाग्न आह्वान गरे। भिमाद नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव सन्दिप पौडेल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तनहुँ जिल्ला अध्यक्ष बाबुराम रानाभाट, शिक्षक संघ भिमादका अध्यक्ष केदारनाथ सिग्देल, जनज्योति माविका प्रअ गणेश सुवेदी लगायतले मन्तव्य राखेका थिए।
शिक्षक संघ भिमादका सचिव विजयराज गौतमले कार्यक्रम संचालन गरेका थिए भने एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन भिमादका अध्यक्ष महेन्द्र सिग्देलले स्वागत मन्तव्य राखेका थिए।