जनचाहनाका कार्यकारी सम्पादकलाई क्रियाशील पत्रकारिता पुरस्कार

दमौली न्युज
  • ख-
  • ख+

दमौली : क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार साने बहादुर नेपाली सम्मानित भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा शनिबार नेपालीलाई पुरस्कार अर्पण गरिएको हो ।

नेपालीलाई पूर्वप्रधानमन्त्री समेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार प्रदान गरे । नगद पाँच हजार रुपैयाँको साथमा सम्मानपत्रसहित पुरस्कृत गरिएको छ ।

क्रियाशिल पत्रकारिता पुरस्कारबाट हरेक प्रदेशका एक जना प्रेस सेन्टरकर्मीलाई पुरस्कृत गरिएको छ । प्रेस सेन्टर तनहुँ पूर्वअध्यक्ष नेपाली राष्ट्रिय समाचार समितिमा तनहुँबाट रिपोर्टिङ गर्छन् । हाल उनी प्रेस सेन्टर गण्डकीको सचिव पदमा कार्यरत छन् । उनी जनचाहना डटकममा प्रकाशक र कार्यकारी सम्पादक हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्