पत्रकार हत्या र आमसञ्चारमाध्यममा आक्रमणको विरोध सभा

दमौली न्युज
  • ख-
  • ख+

दमौली: नेपाल पत्रकार महासंघ तनहुँ शाखाले समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा तनहुँको दमौलीमा विरोध सभा गरेको छ ।

शनिबार विहान अनसन चौतारी अगाडीको चोकमा बिरोध सभाको आयोजना गरी शुक्रवार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या र संचारगृहमा तोडफोड गर्नेलाई कडा कारबाहीको माग सगै श्रमजीवी पत्रकारको जिउ ज्यान को सुरक्षा को माग गरिएको हो।

वक्ताहरुले विरोध सभालाई सम्बोधन गर्ने क्रममा स्वर्गीय पत्रकार रजकलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवार प्रति गहिरो समवेदना प्रकट पनि गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्