कुलमान घिसिङ पदबाट बर्खास्त

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौंः सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

तीनपटक स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नदिएको भन्दै सरकारले घिसिङलाई हटाउने निर्णय भएको हो । पछिल्लो समय घिसिङ र उर्जा मन्त्री दीपक खड्काबीच वाकयुद्ध चलिरहेको थियो ।

सरकारले घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्