
म्याग्दे : तनहुँमा भूमि समस्या समाधान आयोग तनहुँको आयोजना र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा एक दिने अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ ।
आयोग र स्थानीय पालिकाले सम्पादन गर्नुपर्ने काम कर्तव्य र अधिकारका र कामको बारेमा छलफल गर्ने उदेश्यले उक्त अभिमुखिकाण कार्यक्रम गरिएको हो ।
हालसम्म म्याग्दे गाउँ पालिकामा भुमिहिन दलितको संङ्ख्या ८०, भूमिहिन सुकुम्बासी ६५ र अव्यवस्थित बसोबासीको संख्या १ हजार १ सय ५३ रहेको छ। उक्त कार्यक्रममा आयोग अध्यक्ष गोबिन्द सिलवालले आयोगले रोकिएको ठाउँबाट नै तुरुन्तै काम अगाडि बढाउने धारणा राख्दै भूमिसम्बन्धी समस्या समाधान गरिने प्रतिबद्धता गरे ।
कार्यक्रममा म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकिय अधिकृत नारायण अधिकारी, आयोगका बिज्ञ सदस्य श्रीराम कार्की, महिला सदस्य आशा थापा, आयोग सदस्य रामचन्द्र उपाध्याय लगायत स्थानीय राजनीतिक प्रतिनिधिहरु र वडा अध्यक्षहरुले थप सुझाव र जिज्ञासा राखेका आयोगका विज्ञ सदस्य श्रीराम कार्की जानकारी दिए।