१ दिने कर सम्वन्धी प्रशिक्षण कार्यक्रम

दमौली न्युज
  • ख-
  • ख+

देव गजमेर
दमौली:
तनहुँ सुनचाँदी व्यवसायी संघ र आन्तरीक राजश्व कार्यालय दमौलीको आयोजनामा १ दिने कर सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य मोहन कुमार विकको प्रमुख अतिथिमा भएको सो कार्यक्रममा जिल्ला भरी रहेका सुनचाँदी व्यवसायीहरुलाई कर सम्बन्धि प्रशिक्षण दिईएको हो ।

प्रशिक्षणको रुपमा आन्तरीक राजश्व कार्यालय तनहुँका कर अधिकृत हिमलाल चापागाईं नायव सुब्बा इश्वर आर्चाय र राम प्रशाद रोका प्रशिक्षक रहेका थिए। उनले कर सम्बन्धिका बारेमा सुनचाँदी व्यवसायीहरुलाई प्रस्ट पारेका थिए। समयमै व्यवसायीले बुझाउनु पर्ने करका बारेमा पनि जानकारी गराएका थिए।

सोही कार्याक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान सचिव केशव बहादुर सुनार,नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान सदस्य कृष्ण सुनार ,तनहुँ सुनचाँदी व्यवसायी संघका कानुनी सल्लाहकार अधिवक्ता अमृत बहादुर नेपाली लगायतको उपस्थिती रहेको थियो । तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्षका हरि गहतराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण संघका महासचिब पुर्ण बहादुर वि कले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्