
आँबुखैरेनी: तनहुँको आँबुखैरेनीमा रहेको आँबुखैरेनी क्याम्पसमा मंगलबार भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेद्वारको प्यानल नै निर्वाचित भएको छ । निर्वाचनमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उम्मेद्वार निशान मगरको प्यानल नै निर्वाचित भएको हो ।
स्ववियु सभापतिमा निर्वाचित मगरले ९७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका बोनिस अधिकारीले ६४ र अनेरास्ववियूकी रक्षा पोखरेलले ७ मत प्राप्त गरेका छन् ।
सचिवमा गंगा प्रसाद लामिछाने, कोषाध्यक्षमा करुण गुरुङ, सदस्यमा मेनुका खत्री, सुरेश नेपाली, बिज्ञा रानामगर निर्वाचित भएका छन् ।