
दमौली : तनहुँको व्यास-१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । मंगलबार सम्पन्न निर्वाचनबाट स्ववियु अध्यक्षमा नेविसंघका अनुप आले निर्वाचित भएका छन् ।
आलेले ५ सय मत ५ प्राप्त गरेका छन् । यस्तै सचिवमा निर्वाचित सागर पाण्डेले ४ सय ७१त्यसै गरी कोषाध्यक्षमा निर्वाचित रोशन ओझाले ४ सय ७९ मत प्राप्त गरेका छन् । निर्वाचनमा अखिल क्रन्तिकारी अध्यक्षमा निर्दोष भट्टराईले ३१, सचिवमा शिव बि .क. ले ४३ र कोषाध्यक्ष अशोक रुचालले २८ मत प्राप्त गरेका थिए ।
त्यस्तै अनेरास्ववियू अध्यक्षमा सविन लामिछानेले ४ मत प्राप्त गरेका थिए भने सचिवमा आशिष पौडेलले १० मत प्राप्त गरे भने कोषाध्यक्ष शुसान्त पौडेललले ४ मत पाएका थिए । क्याम्पसमा १ हजार ५ सय ७७ मतदाता संख्या रहेको थियो भने कुलमत बाट ५ सय ५५ मत खसेको थियो ।