
दमौली : भुमी समस्या समाधान आयोग तनहुँमा भरखरै नियुक्ति भई आएका सर्वेक्षक तथा अमिन कर्मचारीहरुलाई स्वागत गरिएको छ । २० जना कर्मचारीहरुलाई अविर फुल र खादाले स्वागत गरिएको हो ।
भुमी समस्या समाधान आयोग तनहुँका अध्यक्ष गोबिन्द सिलवालको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष सिलवालले फिल्डमा गई छिटो छरितो तरिकाले काम सप्पन्न गर्न सबै कर्मचारीहरुलाई निर्देशन दिएका थिए । आयोगका बिज्ञ सदस्य श्रीराम कार्किले स्थानीय पालिका र जनताको बिचमा जादा सम्पादन गर्नु पर्ने काम कर्तव्य र अधिकारका बारेमा आफ्नो धारण सहित स्पष्ट रूपमा राखेका थिए ।
त्यस्तै आयोगकि महिला सदस्य आसा थापाले आफुहरुले काम गर्दा सहजीकरण गर्ने धारणा राखेकी थिईन । नापी कार्यालय प्रमुख एवं भुमी समस्या समाधान आयोग तनहुँका सदस्य सचिव बिजय कुमार सिंहले फिल्डमा गर्नुपर्ने प्राविधिक पक्षका बारेमा मार्ग निर्देशन गरेका थिए । अयोगका टोलि प्रमुख सर्वेक्षक बलराम घिमिरे, आयोग प्रशासन कर्मचारी लोकनाथ तिवारी लगायतका सहभागीहरुले केही जिज्ञासा र सुझाव राखेका थिए ।
आयोगले छिट्टै व्यास नगरपलिका, भानु नगरपलिका र शुक्लागण्डकी नगरपालिका लगाएतका पालिकाहरुमा कर्मचारी फिल्डमा खटाई काम तुरुन्तै अगाडि बढाउने आयोगका बिज्ञ सदस्य श्रीराम कार्की क्षेत्रीले जानकारी दिए ।