नहर्कीलाई मोफसल पत्रकार सम्मान

दमौली न्युज
  • ख-
  • ख+

दमौली: पत्रकार अमरराज नहर्की ‘मोफसल पत्रकार पुरस्कारबाट सम्मानित भएका छन । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका–४ दुईपोखरी, मध्यपुर थिमि नगरीमा सम्पन्न पाँचौ एपिक नेपाल म्युजिक अवार्डको अवसरमा पत्रकार नहर्की सम्मानित भएका हुन्।

प्रथम महिला राधिका शाक्यले पत्रकार नहर्कीलाई सम्मानपत्र प्रदान गरेकी थिईन् । मोफसलमा रहेर पनि पत्रकारिता सेवामा निस्वार्थ कर्म गर्दै पत्रकारिता मार्फत आम नेपाली जनता र देश प्रतिको हितमा अबिरल लाग्दै विचलित नभई नेपाली पत्रकारिता, स्वदेशी चलचित्र, भाषा, साहित्य र विविध विषयमा समसामयिक राष्ट्रिय गतिविधीहरूमा सङ्लग्न भई योगदान पुर्‍याएकोले सम्मान गरिएको सम्मान पत्रमा जनाईएको छ। 

यस्तै पत्रकारिताको माध्यमबाट नेपाली गीत सङ्गीत र चलचित्रको विकास श्रीवृद्धि गर्न अविछिन्न रूपमा पुर्‍याएको अमूल्य योगदानको उच्च सम्मान गर्दै पाँचौ एपिक नेपाल म्युजिक अवार्ड–२०८१ को अवसरमा मोफसल पत्रकार सम्मानबाट सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ ।

नहर्की नेपाल प्रेस युनियन तनहुँको निर्वतमान अध्यक्ष पनि हुन् । नहर्की दुई दशक अघि देखि पत्रकारितामा क्रियाशिल रहदै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्