झुन्डिएको अवस्थामा वरिष्ठ हवल्दारको शव फेला

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक झुन्डिएको अवस्थामा फेला परेका छन् ।

रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय वि.क. सोमबार बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरी नायब उपरीक्षक थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्