
दमौलीः आफ्नै बारीमा उम्रिएको च्याउ खाँदा व्यास ६ शान्तिटोलका १० बिरामी परेका छन् । म्याग्दे ६ सर्वलाङ निवासी नारायण मगरले आफ्नो बारीमा उम्रिएको जंगली च्याउ मामाघर व्यास ६ को शान्तिटोलमा लगेर पकाएर खाएका थिए ।
च्याउ खााएर बिरामी पर्नेमा दुई घरका आफन्त छन् । शुक्रबारको घटनामा बिरामी सबैको दमौली अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।