डुम्रे महाेत्सवमा आज बद्री पंगेनी , सृजना खत्री , मञ्जु विक लगायत कलाकारकाे प्रस्तुती रहने

दमौली न्युज
  • ख-
  • ख+

डुम्रे : तनहुँकाे डुम्रेमा जारी चाैंथाे डुम्रे साँस्कृतिक महाेत्सवमा आज बद्री पंगेनी , सृजना खत्री , मञ्जु विक लगायतका कलाकारकाे प्रस्तुति रहने भएको छ ।
हरेक दिन राष्ट्रिय कलाकार ल्याइ दर्शककाे मन जित्दै आएकाे महाेत्सवमा शुक्रवार पंगेनी लगायतका राष्ट्रिय तथा स्थानीय चर्चित कलाकार आउने महाेत्सव कलाकार संयाेजक सुनिल श्रेष्ठले बताए ।

यस्तै महाेत्सवमा खुला दाेहाेरी प्रतियोगिता समेत भइरहेको छ । महाेत्सवमा हरेकदिन ख्यातिप्राप्त कलाकार आएपछी दर्शकको चाप पनि दिनदिनै बढेको छ । यस्तै आयाेजकले महाेत्सव प्रवेशमा बिहान ११ बजेसम्म निशुल्क प्रवेशकाे व्यवस्था मिलाएपछि पनि दर्शक बढेका छन् ।

महाेत्सवमा आउने दर्शकहरूलाइ विभिन्न किसिमका सुविधा दिएको आयाेजकले प्रवेश पास समेत निशुल्क व्यवस्था मिलाएको हाे । यस्तै महाेत्सवमा जेष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई समेत निशुल्क गरिएको महाेत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए ।

महाेत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थाका प्रत्येक टिमलाई १० वटा पास पनि निशुल्क छुट्याइएको पियाले जानकारी दिए ।यस्तै महाेत्सवमा बन्दिपुर केवलकारमा छुट , रेष्टुराँमा छुट , एनटिसिकाे सिमकार्ड फ्री लगायतका सुविधा हरू समेत व्यवस्था मिलाइएकाे छ । यस्तै महाेत्सवमा टिकट काट्नेले बन्दिपुर केवुलकारमा समेत विभिन्न छुट पाउने भएका छन् ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

महाेत्सवमा याम्पाकाे ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ। दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयाेजकले निशुल्क स्टल दिए पछि दर्शक एवम् ग्राहकले उक्त सुविधाकाे लाभ लिएका छन् । महोत्सव चैत ३ गते सम्म चल्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्