जितेर आयौँ हार्ने साथीहरुलाई त्यतिकै सम्मान गर्छौ अध्यक्ष : रसाईली

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले आफुले चुनाव जितेर आए पनि हार्ने साथीहरुलाई त्यतिकै सम्मान गर्ने बताएका छन् ।


तनहुँ सुनचाँदी व्यवसायी संघ तनहुँले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रसाईलीले आफु नेतृत्वमा आए पछि असार देखि असोज सम्म भन्सार घटाउन मै व्यस्थ भएको बताए । “हामी चुनाव जितेर आयौ चुनावी प्रतिश्प्रदामा गई सके पछि मैदानमा उत्रिय पछि कि त जित हुन्छ कित हार हुन्छ हामी जितेर आयौं हार्ने साथीहरुलाई त्यतिकै सम्मान गर्छौ । हामी विभिन्न समस्या संग सामना गर्नु पर्यो यो आठ महिनाको अवधिमा धेरै नै उपलब्धी मुलक काम पनि गरेका छौ” ।

अध्यक्ष रसाईलीले  व्यवसायीमा भएका समस्याहरुलाई केलाएर यसका समाधान गर्नका लागि  महासंघ निरन्तर रुपमा लाग्ने बताए ।“निर्वाचन भने पछि यो तिन वर्ष पछि फेरी आउने बताउदै अध्यक्ष रसाईलीले भने एक पटक पछाडी पर्दैमा संगठनलाई दोस दिने गरी व्यवसायीको समस्यामा थप समस्या दिने गरि अगाडी नवड्न पनि आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औ साधारण सभाको लागि पनि सवैले र सवै क्षेत्रबाट सहयोग गरि साधारण सभालाई सफल बनाउनु हुने छ भन्ने पनि  आसा गरेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्