त्रिवि स्ववियुमा तनहुँका शौरभ उम्मेदवार

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः त्रिभुवन विश्वविद्यालयले यही चैत्र ५ गते तय गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्र्तगत केन्द्रीय क्याम्पसका लागि केन्द्रीय विभागमा हाल स्नातकोत्तर अन्तिम शत्रमा अध्यनरत विद्यार्थी सौरभ कोइरालाले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

नेविसंघका तर्फबाट उम्मेदवारी दर्ता गराएका उनी तनहुँ म्याग्देका हुन् ।

अपांगता भएका विद्यार्थीलाई राज्यबाट प्राप्त सुविधा विश्वविद्यालयमा समेत निरन्तर प्रदान गर्नुपर्ने विषयमा आफूले आवाज उठाउने उनले बताए ।

शिक्षा क्षेत्रको खस्कँदो अवस्था, राज्यको उदासिनता र आम विद्यार्थी वर्गमा व्याप्त नैराश्यताका बिच समग्र शिक्षा क्षेत्रको सुधारमा युवा विद्यार्थीकै नेतृत्वमा विश्वविद्यालयबाटै यसको सुरुवात हुनुपर्ने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्