
दमौली : नेपाल सुनचाँदी व्यवसायी महासंघका नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरिएको छ ।
तनहुँ सुनचाँदी व्यवसायी संघ तनहुँको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लगाएत अन्य पदाधिकारीहरुलाई एक कार्यक्रम विच दोसल्ला ओढाई सम्मान गरिएको हो ।
तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरि गहतराजको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईली रहेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष गहतराजले स्वागत मन्तव्य सहित नवनिर्वाचित कार्यपदाधिकारीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको सहजिकरण वरिष्ठ उपाध्यक्ष पदम सुनारले गरेका थिए ।