भूकम्पको केन्द्र कास्की, क्षति कति ?

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः बिहान भएको भूकम्पको केन्द्रबिन्दु कास्कीमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

तनहुँ तथा आसपासमा पनि धक्का महसुस भएको थियो । भूकम्पको बलियो धक्का महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भै सकेको छैन ।

गण्डकी प्रदेशमा तीन दिनको अवधिमा गएको यो तेस्रो भूकम्प हो । यसअघि फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४।१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्