
डुम्रे: तनहुँकाे डुम्रेमा जारी चाैंथाे डुम्रे साँस्कृतिक महाेत्सवमा आज आइतबार राष्ट्रिय कलाकारहरू शिव हमाल , सुस्मा शाही ठकुरी र सन्जिव सिंह राना लगायत आउने भएका छन् । राष्ट्रिय कलाकार सँगै गंगा श्रेष्ठ , सन्तोष भुसाल लगायतका स्थानीय कलाकार आउने महाेत्सवका कलाकार संयाेजक सुनिल श्रेष्ठले बताए ।महाेत्सवमा हरेकदिन ख्यातिप्राप्त कलाकार आएपछी दर्शकको चाप पनि दिनदिनै बढेको छ । शनिवार महाेत्सवमा अहिलेसम्मकै ठुलो भिड लागेको थियो ।
गायिका प्रिति आले , सिम्रन परियार , राजन राज शिवाकोटी लगायतका कलाकारकाे प्रस्तुतिमा दर्शकहरूले भरपुर मनाेरञ्जन लिएको संयाेजक श्रेष्ठले जानकारी दिए । महाेत्सवमा दाेहाेरी गीत प्रतियोगिता समेत सुरु गरिएको छ ।
आयाेजकले महाेत्सव प्रवेशमा बिहान ११ बजेसम्म निशुल्क प्रवेशकाे व्यवस्था मिलाएपछि पनि दर्शक बढेका छन् । महाेत्सवमा आउने दर्शकहरूलाइ विभिन्न किसिमका सुविधा दिएको आयाेजकले प्रवेश पास समेत निशुल्क व्यवस्था मिलाएको हाे । यस्तै महाेत्सवमा जेष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई समेत निशुल्क गरिएको महाेत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए । यस्तै महाेत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थालाई पनि एक हजार भन्दा बढी निशुल्क पास छुट्याइएको पियाले जानकारी दिए ।
महाेत्सवमा थप मनाेरञ्जन दिन आयाेजकले चुँदि खाेलामा ताल बनाएर एकसय रूपयाँमा डुङ्गा चढ्ने व्यवस्था समेत मिलाएकाे छ । हिमालयन रिभर अपरेटर कम्पनीको दुईवटा डुङ्गा दर्शकहरूकाे लागि राखिएको छ । डुङ्गामा चढ्नेहरू सँग प्रतिव्यक्ति एकसय रूपयाँ लाग्ने हिमालयन रिभरका सन्त लामाले बताए । महाेत्सवमा डुङ्गामा मनाेरञ्जन गर्न पाइने भए पछि दर्शकहरू त्यसतर्फ आकर्षित हुन थालेका छन् । सनिवार रमाइलो मेलामा , डुङ्गामा , स्टलमा समेत दर्शकको भिड लागेको थियोे ।
यस्तै महाेत्सवमा बन्दिपुर केवलकारमा छुट , रेष्टुराँमा छुट , एनटिसिकाे सिमकार्ड फ्री लगायतका सुविधा हरू समेत व्यवस्था मिलाइएकाे छ । दर्शकहरूकाे सेवा सुविधालाई ध्यानमा राखी सिम फ्री मा दिन थालिएको महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले बताए । यस्तै महाेत्सवमा टिकट काट्नेले बन्दिपुर केवुलकारमा समेत विभिन्न छुट पाउने भएका छन् । महाेत्सवकाे टिकटमा बन्दिपुर केवलकार जान ३५% छुटको व्यवस्था गरिएको छ । यस्तै रेष्टुराँमा १५ प्रतिशत , स्काइलिङ , जिपल्याण्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएकाे छ ।व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा भइरहेको छ ।
तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ ।
महाेत्सवमा याम्पाकाे ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ। दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयाेजकले निशुल्क स्टल दिए पछि दर्शक एवम् ग्राहकले उक्त सुविधाकाे लाभ लिएका छन् । याम्पा दूध र तरकारीको हब हाे , त्यहाँका उत्पादनलाई बजारीकरण गर्न महाेत्सवले सघाउने गरि व्यवस्थापन मिलाएका छाैँ महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले भने । यस्तै महाेत्सवमा बाख्राकाे चिज समेत ग्राहकलाई निशुल्क खान व्यवस्था गरिएकाे महाेत्सव स्टल समिति संयाेजक राम जाेशीेले बताए ।