कोठामा टिपर पस्दा ३ जनाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ :  काठमाडौँको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित आश्रयस्थलमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मानिस सुतिरहेकै कोठामा टिपर पस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान पौने ४ बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

टिपर अनियन्त्रित भएर द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सलम्बुटारमा बनाएको जस्ताको टहरामा ठोक्किन पुगेको थियो ।

१० जना बसेको टहरामा टिपरले ठक्कर दिंदा दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो । टिपर र चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्