डुम्रे महोत्सवमा आज अम्बर विरही गुरुङ,रिता थापा मगर र श्याम रानाको प्रस्तुती

दमौली न्युज
  • ख-
  • ख+

डुम्रे : भानु १ पुल्चोकमा जारी चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सवमा आज महोत्सव को दोस्रो दिन चर्चित लोकदोहोरी गायक गायिकाले प्रस्तुती रहने भएकाे छ।

महोत्सवमा आज चर्चित लोक दोहोरी गायक अम्बर विरही गुरुङ,रिता थापा मगर र श्याम राना लगायतको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक सुनिल श्रेष्ठले जानकारी दिए ।

तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाईको आयोजना र तनहुँ उद्योग वाणिज्य संघको संरक्षणमा संचालन रहेको महोत्सव फागुन २१ देखि चैत ३ गते सम्म हुने छ । “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मूल नारा सहित सुरु भएकोे महोत्सवमा १ सय २५ वटा स्टलहरु रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्