
दमौली : नेपाल सुनचाँदी व्यवसायी महासंघको स्थापन दिवसको अवसर पारी व्यास १० मा रहेको उज्यालो घरलाई खाधन्न सहयोग गरीएको छ।

तनहुँ सुनचाँदी व्यवसायी संघको आयोजनामा आज व्यास १० बैरेनीमा रहेको उज्यालो घरमा गई खाधन्न सामाग्री हस्तान्तरण गरिएको हो ।

उज्यालो घरमा गई नुन, तेल,चामल, तरकारी विस्कुट लगाएतको खाधन्न सामाग्री दिई नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औं स्थापन दिवस मनाईएको तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरि गहतराज ले जानकारी दिए ।