
आँबुखैरेनी: आँबुखैरेनी गाउँपालिका र नेलम्बो नेपालको साझेदारीमा निशुल्क दन्त सेवा शिविरको आईतबार उद्घाटन गरीएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं ६ स्थित प्यूसर सामुदायिक स्वास्थ्य चौकीमा नि: शुल्क दन्त शिविरको उद्घाटन गरिएको हो ।

फाल्गुन १८ देखि २२ गतेसम्म आयोजित नि: शुल्क दन्त शिविरमा वडा नं ५ र ६ का विशेष गरि दक्षिण भेगका स्थानीय बासिन्दाले सेवा लिन सक्ने छन्। शिविरको पहिलो दिन ७४ जनाले नाम दर्ता गराएका थिए । जसमा ६६ जना बिरामीलाई विभिन्न दन्त सेवाहरू प्रदान गरिएको थियो।

परिक्षण गराएका मध्ये दाँत भर्ने २ जना,दाँत निकाल्ने २१जना RVG रिभिजि २६जना,दाँत सफा गर्ने १०जना, दाँतको जरा देखि उपचार (RCT)रिसिटी ७जनाले दन्त सेवा लिएको शिविरले जनाएको छ ।
स्थानीय बासिन्दालाई दन्त स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको यो शिविरले विशेष गरी गाउँका गरीब र विपन्न वर्गलाई सेवामा पहुँच पुग्ने बताइएको छ । आगामी दिनहरूमा पनि अन्य सेवाहरू पनि निरन्तर रूपमा प्रदान गरिने आँबुखैरेनी गाउँपालिकाले जनाउनुका साथै स्वास्थ्य सेवा सुधारको लागी यस्ता आयोजनाहरू निरन्तर सञ्चालन गर्दै आएको पनि जनाएको छ ।