
दमौली : शुभाराम्भ भादगाँउ बाल क्लबद्वारा जलदेवी मा. वि.मा जनचेतना कार्यक्रम गरिएको छ । जलदेवि माध्यमिक बिद्यालयका कक्षा ८ र ९ मा अध्यनरत विद्यार्थीहरुलाई लागु औषध र साइबर अपराध सम्बन्धि जनचेतना कार्यक्रम गराईएको हो ।

कार्यक्रम शुभाराम्भ भादगाउँ बालक्लबको आयोजना र सामुदायिक सेवा केन्द्र तनहुँको सह–आयोजनामा सम्पन भएको थियो । कार्यक्रमको प्रशिक्षक जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी निरिक्षक राजु अधिकारीले गरेका थिए भने कार्यक्रम शुभाराम्भ भादगाउँ बाल क्लबका अध्यक्ष सुशिल बि.क. को सभापतित्व सम्पन भएको थियो ।

व्यास नगरपालिकाका वडा नं १ का वडा अध्यक्ष रमेश चन्द्र हड्खलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९२ जना विधार्थीहरुको सहभागीता रहेको क्लवका अध्यक्ष सुशिल विकले जानकारी दिए ।