राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँ शाखाको अध्यक्षमा विष्णु गौतम

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली: राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँ शाखाले नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ समितिको अध्यक्षमा विष्णु गौतम, उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा माधव पौडेल, सहसचिवमा सागर गिरी र कोषाध्यक्षमा शिला वाग्ले चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा श्रीहरि पौडेल, उपेन्द्र खनाल र राम बहादुर धामी चयन भएका छन् । नेपाल पत्रकार महासङ्घको सभा हलमा आयोजित कार्यक्रममा लामो समयदेखि फोटो पत्रकारितामा योगदान पुर्‍याउँदै आएका पत्रकारहरू मदन वाग्ले, शंकरराज नहर्की र कृष्ण न्यौपानेलाई सम्मान गरिएको छ।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष ओमकार आचार्य, रिपोर्टर्स नेपाल गण्डकी प्रदेश अध्यक्ष मदन वाग्ले, प्रेस चौतारी गण्डकी प्रदेशका कोषाध्यक्ष मदन तिमल्सिना लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता शाखाका निवर्तमान अध्यक्ष अमराज नहर्कीले गरेका थिए भने सञ्चालन पत्रकार सुदिप पौडेलले गरेका थिए । नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै प्रमुख अतिथि वन्त लगायत सम्पूर्ण वक्ताहरूले पत्रकारिता क्षेत्रमा फोटो पत्रकारिता अत्यन्तै अपरिहार्य र महत्त्वपूर्ण रहेको बताउँदै फोटो बिना कुनै पनि समाचार पूर्ण नहुने आफ्नो धारणा राखेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्