सावित्रि थापाको लय शब्दमा “पार्यो भुतुक्कै “गित सार्वजनिक

दमौली न्युज
  • ख-
  • ख+


दमौली : तनहुँ आफैमा मगरहरुको बाहुल्य रहेको ठाउँ हो । मगरहरु आफ्नो पहिचानमा हुरुक्क हुने र आफ्नो संस्कृतिक र रहनसहनमा खुलेर रमाउँने गर्दछन् सावित्रि थापाले आफ्नो संस्कृतिक  झल्कने “पार्यो भुतुक्कै” भन्ने बोलको गित बजारमा लिएर आएकी छिन् । विशेष गरी मगर जातिहरुको संस्कृतिमा आधारीत कौरा  गित हो ।


तनहुँको भिमाद बजार र भिमाद आसपासमा यो गितको छाँयकन गरीएको छ । आफ्नै लय शब्द रहेको गितमा स्वर पृथ्वी गुरुङ्गको रहेको छ भने गितमा संगित एरेन्जर तेजेन्द्र दुराले गरेका छन् त्यस्तै निर्देशक पर्सन गुरुङ्गले गरेका हुन् भने छांयाकन दुर्गा पौडेलको रहेको छ ।

मौलिक कौरा र चुड्का गितले मगरहरुको संस्कृतिलाई मात्र नभई तनहुँ लगाएत देश – विदेशमा बस्ने नेपाली दर्शकहरुलाई पनि यो गित मनपर्ने थापाको विश्वास छ । उनले आफ्नै लय / शब्द भएको हुनाले पनि यो एल्वमको कौरा गित विशेष रहेको बताईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्