प्रदेश सरकारका कामको समीक्षा गर्ने कांग्रेस प्रदेश समन्वय विभागको निर्णय

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेस प्रदेश समन्वय विभागले प्रदेश सरकारहरुका कामको समीक्षा गर्ने निर्णय गरेको छ ।

विभागीय प्रमुख कृष्णचन्द्र नेपालीको अध्यक्षतामा पहिलो पटक बसेको विभागको बैठकले संघीयतालाई सुदृण गर्नका लागि प्रदेश सरकारको भूमिका प्रभावकारी हुनु पर्ने भन्दै देशभरका प्रदेश सरकारले गरेका कामहरुको समीक्षा गरेर प्रभावकारी बनाउनका लागि गर्नु पर्ने सुधार पहिचान गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली कांग्रेसको प्रदेश संरचनाहरुलाई मजबुद बनाउन संघ प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध विकास गर्न तथा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका बीचको सम्बन्धलाई थप कसिलो बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

यसको मार्ग पहिचान गरी नेपाली कांग्रेसलाई सुझाव दिन प्रदेश पार्टी संरचना र जनप्रतिनिधिहरुसंग छलफल गर्ने निर्णयसमेत बैठकले गरेको प्रमुख नेपालीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्