शुक्लागण्डकी महोत्सवमा महाशिवरात्री विशेष, गायक बद्रि पंगेनी लगायतले स्टेज तताउने

दमौली न्युज
  • ख-
  • ख+


दुलेगौंडा : तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज महाशिवरात्री विशेष रहने भएको छ । विदाको दिन समेत रहेकाले आयोजकले विशेष तयारी समेत गरेको छ । आज महोत्स्वमा चर्चित लोकदोहोरी गायक बद्रि पंगेनीसँगै गायिका सम्झना लामिछाने, लाली थापा, ज्योती लोहनीको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक सुमन सापकोटाले जानकारी दिए । उनका अनुसार शुक्लागण्डकीका हास्यकलाकार सुरज भिरखोइरेले पनि आफ्नो प्रस्तुती राख्नेछन् ।


महोत्सवस्थलमा मंगलवार राती टुकीको लाईभ कन्सर्ट भएको थियो । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको ओजनामा फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत समावेश गरिएको मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए । सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो ।

महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्