मुक्ति समाजको पुर्ण बैठक सम्पन्न, विभिन्न जिम्मेवारी वाँडफाँड र कार्य विभाजन

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाल उत्पीडित जातिय मुक्त समाज तनहुँको पुर्ण बैठक सम्पन्न भएको छ । नेपाल उत्पीडित जातिय मुक्त समाज केन्द्रिय सदस्य एवम् तनहुँ ईन्चार्ज मोहन कुमार वि.कको प्रमुख आतिथ्यमा सो वैठक सम्पन्न भएको हो ।

मंगलबार बसेकोे मुक्ति समाजको जिल्ला कमिटिको बैठकले ३ महिने अभियान अन्तर्गतको कार्यतालिका अनुसार वडा कमिटि, नगर पालिका र गाँउपालिकाहरुमा केन्द्रको सरकुलर अनुसार विभाग बाँडफाड गरिएको नेपाल उन्पीडित जातिय मुक्ती समाज तनहुँका अध्यक्ष भरत लामगादेले बताए ।

उनका अनुसार व्यास नगरपालिकामा गणेश परियार,शुक्ला गण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा रिता नेपाली,भिमाद नगरपालिकामा सन्दिप परियार,भानु नगरपालिका र देवघाट गाउँपालिकामा मनिषा वि.क.,रिसिङ गाउँपालिकामा विरु वस्याल,घिरिङ गाउँपालिकामा अन्जान परियार, बन्दिपुर र आँबुखैरेनी गाउँपालिकामा विनोद कुमार वि.क. लगाएतले जिम्मेवारी पाएका हुन् ।

त्यसै गरी स्कुल विभाग भौतिक पुर्वैधार विभागमा भरत लामगादे , युवा तथा खेलकुद विभागमा मनोज सुवर्णकार,सहकारी तथा गरिवि निवारण विभागमा फुलमाया नेपाली , संगठन विभागमा तोप बहादुर परियार ,भुमि व्यवस्थापन विभागमा सन्तोष वि.क., कृषि तथा पशुपन्छी विभागमा रुद्रविर वि.क, वित्तिय विभागमा कोपिला नेपाली र प्रचार–प्रसार विभागमा देव गजमेर रहेका छन् ।


उक्त बैठकमा नेकपा एमाले जिल्ला अध्यक्ष हरिराज कडेल, जिल्ला उपाध्यक्ष राजेश्वर ढकाल, जिल्ला सचिव प्रदिपराज अधिकारी र जिल्ला उपसचिव खिम बहादुर कुमाल लगाएतको विशेष उपस्थिति रहेको थियो । मुक्ति समाज जिल्ला अध्यक्ष भरत लामगादेको अध्यक्षतामा भएको बैठकको सहजिकरण सचिव तोप बहादुर परियारले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्