शताब्दी पुरानो मन्दिर चिनाउन साँखेमा धार्मिक महोत्सव

दमौली न्युज
  • ख-
  • ख+

दमौली: १२० बर्षभन्दा पुरानो मन्दिरको प्रचार प्रसार गर्न तनहुँको शुक्लागण्डकी नगरपालिका ११ मा ‘महाशिवरात्री धार्मिक महोत्सव’ आयोजना गरिने भएको छ । १९६० ताका साँखे देवलमा दुई खोलाको सँगम स्थलमा रहेको शंखाकार ढुँगाबाट दाहिने शंख बजेको सुनेर पुजा गर्दै आएको स्थानीयहरु अहिले उक्त स्थानलाई धामको रुपमा विकास गर्न महायज्ञ आयोजना तयारीमा जुटेका हुन् ।

शिवालय क्षेत्रको रुपमा परिचित यो मन्दिरमा बर्षेनी शिवरात्री पर्वमा तनहुँ र स्याङ्गजा सहित विभिन्न स्थानबाट भक्तजनहरु दुध चढाउन र रातभर जाग्राम बसेर ठाडो बत्ती बाल्न सहभागि हुने गर्दछन् । यो मन्दिरमा पुजा आराधना गर्नाले निसन्तान जोडीलाई सन्तान प्राप्ती हुने र मनोकाँक्षा पुरा हुने जनविस्वास रहेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङ्गजा जिल्लाको हरिनास र विरुवा गाउँपालिकाको केन्द्रमा पर्ने मन्दिरमा आयोजना गरिने धार्मिक महोत्सवले यस क्षेत्रमा रहेको पुरातात्विक संरचनाहरु जन्ते ढुँगा क्षेत्र, सिता पाइला, जनकवि गोकुल जोशीको जन्मस्थान, रजस्थलकोट दरवार र मिलेनियम गुफा लगायतका स्थानको प्रवद्र्धन गर्न सहयोग पुग्ने शिवालय मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ अर्यालले विश्वास ब्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्