
दमौली: स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास–१२ स्थित छिर्कने निवासी अन्दाजी बर्ष ४२ का धर्मबहादुर थापा रहेकाे प्रहरीले जनाएको छ । ग २१ प १८७३ नम्बरको स्कुटर सडकको डिभाइडरमा ठोक्किदा थापा गम्भीर घाइते भएका थिए।
थापालाई उपचारका लागि दमौली अस्पतालमा लैजादै गर्दा बाटोमा निधन भएको प्रहरीले जनाएको छ।