रुखको हाँगाले लागेर मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

दमौली :  तनहुँको व्यास नगरपालिका–१० स्थित नयाँ गाउँ निवासी ५१ बर्षीय हिरा बहादुर थापाको रुखको हाँगा लागेर मृत्यु भएको छ ।

घर नजिकै दाउरा काट्ने क्रमम रुखको हाँगाले लागेर सख्त घाइते थापाको दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा आज उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकको शव आफन्जनलाई जिम्मा लगाइएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उक्त घट्नाको बिषयमा थप अनुसन्धान भइरहेको छ,उहाँले भन्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्