हत्याको आरोपमा घरबेटी पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

पाल्पा :  डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा एक जनालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्ट रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

विष्टको घरमा डेरामा बस्दै आएका रिव्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरेको हो । बुढाथोकी केही समयअघिदेखि विष्टको घरमा डेरा लिएर बस्दै आएका थिए ।

बुढाथोकीले मजदुरीको काम गर्दै आएका थिए । प्रहरीकाअनुसार बुढाथोकी माघ २३ गते बुधबार बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिएका हुन् ।

मृत भेटिए पनि बुढाथोकीको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेकाले थप अनुसन्धान गर्दा घरबेटीले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

बुढाथोकीको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टम गराई परिवारलाई बुझाइएको छ । विष्टलाई बिहीबार पाल्पा जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्