आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेज बीच स्वास्थ्य सम्झौँता

दमौली न्युज
  • ख-
  • ख+

तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको चितवन मेडिकल कलेज बीच स्वास्थ्य सम्झौँता भएको छ । मंगलबार आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र चितवन मेडिकल कलेजका निर्देशक प्रताप देवकोटा बीच उक्त सम्झौँता भएको हो ।

सम्झौँता अनुसार चितवन मेडिकल कलेजबाट उपलब्ध गराउने उपचार सेवाहरुमा पालिकाका नागरिकहरुले २० प्रतिशत रकम छुट पाउने भएका छन् । यस्तै, अस्पतालले प्रत्येक १५/१५ दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउने सम्झौँता समेत भएको पालिकाले जनाएको छ ।

पालिकाको विकट क्षेत्रलाई केन्द्रित गरी निःशुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति र उपकरण मेडिकल कलेजले उपलब्ध गराउने सम्झौँता भएको हो । सम्झौँतामार्फत पालिकाका नागरिकहरूलाई स्वास्थ्य सेवा लिन थप सहज हुने बिश्वास पालिकाले लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्