
दमौली : नेपाल रेडक्रस सोसाईटीको आयोजना, तनहु जिल्ला शाखा र युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आतिथ्यता तथा व्यवस्थापनमा आगामी फागुन २२ र २३ गते तनहुँमा ४२ औं जुनियर तथा युवा रेडक्रस राष्ट्रिय गोष्ठी हुने भएको छ। व्यास नगर-१, विज्ञानचौर, दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा हुने भएको हो।
जिल्लामा राष्ट्रिय स्तरको कार्यक्रम हुने भए पछि तयारी सुरु गरिएको छ। तयारीका सन्दर्भम आइतबार प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी गरिएको छ।
आदिकवि भानुभक्त क्याम्पसमा सो गोष्ठी जिल्ला भरीका प्रअ तथा शिक्षक नायकहरुलाई सहभागिता रहेको थियो। जुनियर युवा निर्देशिका तथा विद्यमान ऐन, नियम लगायतका विषय छलफल गरिएको थियो।
प्रभतथा शिक्षक नायकको सर्कल सुदृढीकरणका उनिहरुको भूमिका तथा तनहुँ जिल्ला भित्र रहेका नेपाल रेडक्रस सोसाईटीको गतिविधीहरुको बारेमा जानकारी दिईएको थियो। तयारी गोष्ठीमा ४२ औं राष्ट्रिय जुनियर तथा युवा गोष्ठी तनहुँमा हुनु गौरवपूर्ण भएकोले जिल्लाका जुनियर तथा युवा सर्कलबाट सहयोग र साथको प्रतिबद्धता व्यक्त गरिएको थियो।
गोष्ठी नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य तथा जिल्ला शाखा तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमको अध्यक्षतमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिधिको रुपमा व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले जुनियर तथा युवाको राष्ट्रिय स्तरको गोष्ठी तनहुँमा हुनु जिल्लाबासीको लागि प्रतिष्ठाको विषय भएको उल्लेख गर्दै कार्यक्रम सम्पन्न गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताए। साथै न्यौपाने व्यास नगरपालिकाको तर्फबाट कार्यक्रमको लागि आवश्यक पर्ने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले राष्ट्रिय कार्यक्रमको लागि यस क्याम्पस छनोट भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सम्पन्न गर्नको लागि क्याम्पस सक्षम रहेको बताउनुभयो । कार्यक्रमको स्वागत मन्तव्य क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले गरेका थिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका महासचिव रामदक्त पौडेल, तनहुँको उपसभापतिद्धय नारायणी अधिकारी, कमलभक्त पोखेल, मन्त्री सूपचन्द्र हड्ङ्खले, क्याम्पस सदस्य तथा गोष्ठीको आर्थिक समितिका सदस्य विष्णुभक्त न्यौपाने, नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोखेल, सत्यवती माध्यामिक विद्यालयको प्रअ पुष्पकला भट्टराई, रामशाह माविका शिक्षक नायक राजेश सोनाम, आदिकवि भानुभक्त जुनियर युवा रेडक्रस सर्कलका अध्यक्ष सुमन खड्का लगायतले गोष्ठी सम्पन्न गर्नको लागि सबैले आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सहजिकरण जुनियर तथा युवा समितिका संयोजक तथा जिल्ला सदस्य विमल गिरीले गर्नु भएको जानकारी युवा रेडक्रस सर्कल आदिकवि भानुझ क्याम्पसका अध्यक्ष सुमन खड्काज्युले दिनु भएको थियो ।
आर्थिक उपसमितिको बैठक सम्पन्न
यसैगरी आर्थिक उपसमिति बैठक आइतबार आदिकवि भानुभक्त स्याम्पसमा सम्पन्न भएको छ।
बैठक उपसमितिका संयोजक विष्णुभक्त न्यौपानेको अध्यक्षतामा भएको थियो। बैठकले गोष्ठीका लागि २० लाखको बजेट तयार गरी पारित गरेको छ।
बैठकमा खर्चका शीर्षकहरू र आम्दानीका स्रोतहरुका बारेमा व्यापक छलफल भएको थियो। बैठकलाई तनहुँ रेडक्रसका सभापति प्रा। डा। कृष्ण प्रसाद गौतम, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हडखले, तनहुँ रेडक्रसको उपसभापति नारायणी ऑधकारी, मन्त्री सूर्यचन्द्र हड्खले, कोषाध्यक्ष प्रताप सि अधिकारी, जिल्ला युवा तथा जुनियर युवा रेडकस, तनहुँका संयोजक बिमल गिरी, शिक्षक नायक रुपक श्रेष्ठ, क्याम्पसका लेखा अधिकृत विष्णुप्रसाद रिजाल र युवा रेडक्रस सर्कल आदिकवि क्याम्पस इकाई अध्यक्ष सुमन खड्का लगायतको सहभागिता रहेको थियो।