
गल्याङ : आफैंले लगाएको कपडामा आगो सल्किँदा जलेर एक वृद्ध महिलाको मृत्यु भएको छ । खाना पकाउने क्रममा अचानक लगाएको कपडामा आगो सल्किँदा जलेर उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गल्याङ नगरपालिका – १ तुलसीभञ्ज्याङ् बस्ने ७१ वर्षीया चित्रकला अर्याल रहेकी छन् । खाना पकाउने क्रममा अचानक लगाएको कपडामा आगो सल्किँदा अर्यालको शरीरको ५० प्रतिशत भाग जलेको थियो ।
उनलाई राती नै उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
त्यहाँ उपचार पश्चात् अर्याललाई थप उपचारका लागि मंगलबार बिहान मिसन अस्पताल पाल्पामा रिफर गरिएको र उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको डिएसपी पौडेलले बताए ।