
दमौली : राष्ट्रिय युवा संघ तनहुँको अध्यक्षमा सुरेन्द्र तामाङ चयन भएका छन् । संघको दशौँ अधिवेशनबाट तामाङको नेतृत्वमा ४५ सदस्यीय कमिटी चयन गरेको हो ।
संघको उपाध्यक्षमा शिव आले,सचिवमा सन्तोष राना मगर,उपसचिवद्वाय विकास ढकाल र मनिराज थापा,कोषाध्यक्षमा सोम बहादुर तामाङ चयन भएका छन् । अन्य पदमा भने सर्वसम्वत चयन गरिएको छ ।
युवा संघ नेपाल जिल्ला अध्यक्ष मदन तिमल्सेनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।