तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन

दमौली न्युज
  • ख-
  • ख+

दमौली: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङको टोलीले बुधबार तनहुँ हाइड्रोपावर आयोजनाको स्थलगत अनुगमन गरेका छन् ।

टोलीले आयोजनाको प्याकेज–१ र प्याकेज- २का निर्माणाधीन संरचनाहरुको स्थलगत अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको हो।

अर्थ मन्त्रालय महाशाखा प्रमुख सहसचिव श्री कृष्ण नेपाल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव धनिराम शर्मा लगाएतको समिति टोलीको सहभागितामा अनुगमन गरिएको थियो ।

आयोजनाको तर्फबाट हालसम्मको निर्माण प्रगति, निर्माणमा बेहोरी रहेका समस्या तथा चुनौती लगायतका विषयमा जानकारी दिइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्