तनहुँमा बस दुर्घटना हुदाँ सुमिना सापकोटाको मृत्यु,१३ जना घाइते

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी: पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको आँबुखैरेनी–१ सत्रसयमा शुक्रबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा जिल्ला चितवन भरतपुर महानगरपालिका श्रृष्टीचोक निवासी बर्ष २२ की सुमिना सापकोटाको रहेकी छन् । 

बा ५ ख २९९९ नम्बरको बस जिल्लाको दमौलीबाट मुग्लिनतर्फ जाँदै गर्दा चालकले नियन्त्रण गुमाई सडक छेउको कल्र्भडमा पल्टन जाँदा उक्त दुर्घटना भएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । 


उक्त बस दुर्घटनामा परि जिल्ला कैलाली जोशीपुर गाउँपालिका–२ बस्ने बर्ष २३ की लक्ष्मी बनादी,जिल्ला धनगढी बसबरीया–५ निवासी बर्ष २२ की अन्जली शाही,जिल्ला तनहुँ म्याग्दे गाउँपालिका–७ बस्ने १९ बर्ष किसिन बिक,व्यास–१२ निवासी बर्ष १९ का सुनिल बिक,व्यास निवासी बर्ष १३ की आस्था काफ्ले,भानु–१० निवासी बर्ष ५० का खेमराज लौडारी,सोही वडा निवासी बर्ष १७ का प्रशान्त लौडारी घाइते भएका छन् । 

त्यसैगरी,जिल्ला कास्की पोखरा महानगरपालिका–८ बस्ने बर्ष २२ की आयुषा पौडेल,जिल्ला गोरखा सिरानचोक–४ निवासी बर्ष ५१ का सुनिल ढकाल,सोही वडा निवासी बर्ष ४२ का रामशरण कुँवर,जिल्ला गोरखा शहीद लखन गाउँपालिका–२ निवासी घर भइ हाल बन्दीपुर–१ निवासी बर्ष ५९ का उज्वल विक,जिल्ला लमजुङ बेशीशहर–३ निवासी बर्ष ४१ का कृष्णबहादुर पाण्डे र आँबुखैरेनी–३ बीच बजार निवासी बर्ष ४२ का दमन्ती माया नेपाल घाइते भएका छन् । 

घाइते भएकाहरुको आँबुखैरेनी अस्पताल र चितवन नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्