
दमौली : हिजो बुधवार एक डाक्टर माथी हातपातको प्रयास भएको छ । दमौली हस्पतालमा कार्यरत डाक्टर स्वेता वस्नेतलाई व्यास –१२ वस्ने अमर आलेले मादक पदार्थ सेवन गरी हातपात गर्न खोजीएको हो ।
दमौली हस्पतालमा कार्यरत तिकित्सक, नर्स र सम्पुर्ण स्वास्थ्यकर्मीले चिकित्सक माथि हातपातको प्रयास भएको भन्दै घटनामा संलग्न दोषीउपर कानुनी कार्वाहीको माग गर्दै डाक्टरहरुले एक विज्ञप्ती मार्फत विरोध जनाएका छन् ।
यस्ता घटनाहरुले स्वास्थ्यकर्मीको मनोवल घटाउने मात्रै नभएर स्वास्थ्य सेवाको गुणस्तर पनि जोखिममा पर्दै जाने विज्ञप्तीमा उल्लेख गरिएको छ । अस्पतालका प्रमुख डाक्टर परिवर्तन वराल सहित २१ जना चिकित्स र स्वास्थ्यकर्मीहरुको हस्ताक्षर गरी संयुक्त विज्ञप्ती जारी गर्दै घटनाको विरोध जनाएका छन् ।
यस किसिमका घटना नदोहोरियोस् भनि दोषीलाई“स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६” अनुसार दफा ३ को च “ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने,
कुनै किसिमले धम्की दिने, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्र्नेलाई ” सम्बन्धि कानुन बमोजिम कारबाहीको माग गरिएको छ ।