
दमौली : शहिद दिवसको अवसरमा व्यास नगरपालिकाको आयोजनामा बुधवार भएको दोस्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथनको उपाधि रोल्पा निवासी आस्मा वि.क.ले जितेकी छिन ।
वि.क.ले २१ किलोमिटरको दुरी १ घण्टा ५७ मिनेट ३४ सेकेन्डमा उक्त दुरी पार गर्दै उपाधी जितेकी हुन । महिला हाफ म्याराथनमा प्रथम हुने वि.कले रु ४१ हजार ०८१ रुपैया सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरिन ।
त्यसैगरी ओखलढुङ्गा निवासी लाक्पा ङिमा शेर्पा द्धितिय हुन सफल भएकी थिईन । शेर्पाले उक्त दुरी २ घण्टा ४ मिनेट ५३ सेकेन्डमा पार गरेकी थिईन । द्धितिय शेर्पाले रु ३१ हजार ०८१ नगद सहित ट्रफि र प्रमाण प्राप्त गरिन ।
यस्तै उदयपुर निवासी विमला तामाङ्ग तृतीय भएकी छन् । तामाङ्गले २ घण्टा १२ मिनेट ३८ सेकेन्डमा सो दुरी पार गरेकी थिईन । तृतीय तामाङले २१ हजार ०८१ रुपैयाँ नगद सहित ट्रफि र प्रमाण प्राप्त गरिन ।
यस्तै सान्त्वना हुनेहरुमा तनहुँ
जिल्ला व्यास १० निवासी नम्रता गुरुङ, व्यास ४ की सन्ध्या अधिकारी,व्यास १४ की अस्मिता थापा,व्यास ३ की संगीता रानाभाट र व्यास ११ की युना मजकोटी रहेका छन् । सान्त्वना हुने पाँच जनालाई जनही रु ११ हजार ०८१ रुपैयाँ पुरस्कार ट्रफि र प्रमाण प्रदान गरिएको छ ।
खेलकुदको माध्यमबाट पर्यटकीय ठाउँको प्रचारप्रसार गर्ने उद्देश्य सहित व्यास ३ व्यासगुफा र व्यास ११ तनहुँसुरसम्म महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता गरिएको हो ।
उक्त दौड प्रतियोगितामा देशभरबाट ३३ जना धावकहरु सहभागिता भएका थिए भने सो
दूरी २१ किलोमिटर रहेकोे थियो ।