
लमजुङ : लमजुङको दोर्दी गाँपालिका वडा नं ५ पाचोक क्षेत्र स्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा तनुहँको भानु नगरपालिका वडा नं. ९ बाईसजाँगरका अन्दाजी २७ वर्षिय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैंचि गाउँको कैंचि डाँडाबाट काठदाउरा लिनको लागि चाँदी डाँडा जाँदै गरेको ग १ त ५२७६ नक्बरको टयाक्टर दुर्घटना भएको थियो ।