दमौली : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट विभिन्न क्लस्टर तथा खुलातर्फ महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका छन्।
प्राप्त विवरणअनुसार प्रजातन्त्र सेनानीतर्फ ओजराज पौडेल २२१ मत प्राप्त गरी निर्वाचित भएका छन्। खुलातर्फ गोविन्द भट्टराई ६६१, लक्ष्मीभक्त खनाल ५४५, दीपक भट्टराई ४७७, वैकुण्ठनाथ न्यौपाने ४६५ र श्यामकुमार मौराती ४४९ मत प्राप्त गरी निर्वाचित भएका छन्।
त्यसैगरी आदिवासी जनजाति खुलातर्फ अशोक श्रेष्ठ ५२५, रेशम गुरुङ २५५ र तुलबहादुर गुरुङ २१० मत प्राप्त गरी निर्वाचित भएका छन्।
महिला खुलातर्फ आशा थापा ६२९ र सरिता गुरुङ ४३१ मतसहित निर्वाचित भएका छन्। एलिजा ढकाल पनि महिला तर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।
३५ वर्षमुनिको युवा कोटातर्फ आशिष कैनी र सुदिप केसी निर्वाचित भएका छन्।
पेशागत विज्ञतर्फ इन्जिनियर रविन्द्र अधिकारी २३७ मत प्राप्त गरी निर्वाचित भएका छन्।
त्यस्तै दलिततर्फ होम रसाइली ४५९ मत प्राप्त गरी निर्वाचित भएका छन् भने समानुपातिक दलिततर्फ अमृत नेपाली निर्वाचित भएका छन्।
खस आर्यतर्फ सुशील तिमल्सेना ३५० मत प्राप्त गरी निर्वाचित भएका छन्। उत्तम मिश्र पनि निर्वाचित भएका छन्। खस आर्य महिलातर्फ सिर्जना तिवारी निर्वाचित भएकी छन्। त्यस्तै प्रकाश पन्थ पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।





