तनहुँ–१ मा कांग्रेस महाधिवेशन प्रतिनिधिमा नौ जना निर्वाचित, दशौँका लागि बराबरी मत

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली :   नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि खुलातर्फ नौ जना निर्वाचित भएका छन्। खुलातर्फ १० पदका लागि २८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

निर्वाचन परिणामअनुसार गोविन्द भट्टराईले सर्वाधिक ६ सय ६१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। त्यस्तै लक्ष्मीभक्त खनालले ५ सय ८४, दीपक भट्टराईले ४ सय ७७, वैकुण्ठ न्यौपानेले ४ सय ६५, श्यामकुमार मौरतीले ४ सय ४९, उदयराज गौलीले ३ सय ७२, उत्तम मिश्रले ३ सय ६५, सुशील तिमल्सिनाले ३ सय ५० र बसन्तबहादुर आलेले ३ सय ४१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

खुलातर्फको १०औँ स्थानका लागि भने केशव अधिकारी र देवकुमार श्रेष्ठबीच बराबरी भएको छ। दुवैले समान ३ सय २४ मत प्राप्त गरेपछि अन्तिम प्रतिनिधि चयनको प्रक्रिया टुंगिन बाँकी रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्