
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको बैठक बोलाएका छन् । पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने निलम्बनमा परेकाले उपनेता श्रेष्ठले दलको बैठक आह्वान गरेका हुन् ।
उपनेता श्रेष्ठका अनुसार दलको बैठक माघ १६ गते बिहान ११ बजे बोलाएका हुन् । सभापति लामिछानेसँगकै परामर्शमा बैठक आह्वान गरिएको उनले बताए । ‘पार्टी विधानको दफा १३ (१) बमोजिम १६ माघ बिहान ११ बजे बस्ने गरी दलको बैठक बोलाइएको छ,’ उनले भने ।
दलका नेता लामिछाने सांसद पदबाट निलम्बित भएपछि उपनेता श्रेष्ठले पहिलोपटक विधानअनुसार कार्यकारी अधिकार प्रयोग गर्दै दलको बैठक बोलाएका हुन् । कान्तिपुरबाट