बन्दीपुरका होटलको तयारीः दशैंमा कोरोना छल्ने प्याकेज (भिडियोसहित)

  • ख-
  • ख+

बन्दीपुरः लामो समयको लक डाउनमा आत्तिएर शान्त ठाउँमा दशैं मनाउने योजनामा हुनुहुन्छ ? हुनुहुन्छ भने तनहुँको बन्दीपुर तपाइंको रोजाई बन्न सक्छ ।


बन्दीपुरका व्यवसायीले दशैं मनाउनेका लागि भारी छुटसहितको प्याकेज घोषणा गरेका छन् । लामो समय लक डाउनमा बन्दप्रायः होटललाई ब्युँताउन यहाँका व्यवसायीले होटल कोठामा भारी छुटको पनि घोषणा गरेका छन् ।
यहाँका अधिकांश होटलले १० देखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । ‘पर्यटक आकर्षित गर्नका लागि सबैले केही छुट दिने निर्णय गरेका छौं,’ क्षेत्रीय होटल संघ बन्दीपुर बजार एकाई समितिका अध्यक्ष विपिन प्रधानले भने ।

अरु बेला भएको भए अहिले मुख्य पर्यटकीय सिजन थियो । पर्यटन वर्षमा धेरै पर्यटक भित्र्याउने योजना बनाएर लगानी गरे पनि लक डाउनको मारमा परे पछि व्यवसायीले सरकारले खुलाएको लकडाउनबाट राहत लिने सोचेका छन् ।

दशैंमा खसी प्याकेज
बन्दीपुर टुँडिखेलको दरबार हिमालयले दशैंमा लोकल खसीसहितको पारिवारिक प्याकेज घोषणा गरेको छ । उसले एक पटकमा तीन परिवार बस्न मिल्ने गरी उनीहरुको दशैं यहीं मनाउने प्याकेज ल्याएको छ । ‘कम जोखिम भएको ठाउँमा परिवारसँगै दशैं मनाउने प्याकेज ल्याएका हौं,’ होटल दरबार हिमालयका सञ्चालक बैस गुरुङ भन्छन्,‘परिवारलाई प्राथमिकता दिएका छौं ।’

एक पटकमा तीन परिवार बस्न मिल्ने गरी उनीहरुको दशैं यहीं मनाउने प्याकेज ल्याएको छ । ‘कम जोखिम भएको ठाउँमा परिवारसँगै दशैं मनाउने प्याकेज ल्याएका हौं’


बन्दीपुर भिलेज ईनका सञ्चालक विकास श्रेष्ठ पनि दशैंलक्षित प्याकेजमै जोड दिएको बताउँछन् । ‘विदेशी आउने सम्भावना कम भएकाले २० देखि ३० प्रतिशतसम्म छुट दिंदा दशैंमा पर्यटक बढ्ने आशा छ ।’ उनी भन्छन्,‘अहिले फोन गरेर सोध्ने बढेका छन् । गाउँपालिका अध्यक्ष पूर्णसिं थापा पहिले जसरी चल्ने अवस्था नभए पनि यसले पर्यटक तान्न मद्दत पुग्ने बताउँछन् । उनले मर्कामा परेका व्यवसायीलाई गाउँपालिकाले राहत दिने पनि बताए ।

सुरक्षित स्वागत र सुरक्षित बिदाई
अरु ठाउँको तुलनामा चहलपहल कम हुने र जोखिम पनि कम भएकाले पर्यटक आकर्षित गर्न प्याकेज घोषणा गरिएको भनाई व्यवसायीको छ । बन्दीपुर भिलेज ईनका सञ्चालक विकास श्रेष्ठले पुरै स्वास्थ्य मापपदण्ड पुरा गरेर आधा कोठा मात्र सञ्चालन गर्ने बताए ।
क्षेत्रीय होटल संघका एकाई अध्यक्ष प्रधानले पूर्ण मापदण्ड पालना गरेर मात्र होटल चलेका बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी