
देव गजमेर
दमौली : व्यास नगरपालिकाले चौथो व्यास नगरपालिका महिला हाफ म्याराथन खुल्ला राष्ट्रिय दौड प्रतियोगिताको आयोजना गरेको छ । माघ १६ गते शहिद दिवशको अवसर पारेर महिला खुल्ला हाफ दौड प्रतियोगिता गरिएको हो ।
दमौलीको व्यास गुफाबाट सुरु हुने २१ मिटरको दौड अनसन चौतारी,जिल्ला प्रहरी कार्यालयबाट न्युरोड हुदै गणेशमान चोक, सत्यवती मा.विबाट मालपोत लाईन, सफासडक हुदै पृथ्वी राजमार्गको तालघरे , रानीगाँउ ,दरै पधेरा,पराजुली चोक,बेलटारी,खड्काकाली मार्गको चिसापानी,अर्चलचौर,धरमपानी,पत्यार थोक गङ्गलथोक , चण्डीथान, हटिया – धान गोदाम हुदै व्यास नगरपालिका वडा नं.११ स्थित ऐतिहासिक तनहुँसुर दरवार पुगेर टुङ्गिने छ ।
सहभागिता विजेता प्रथमलाई ४१ हजार ८१ रुपौया, द्धितिय हुनेलाई ३१ हजार ८१ रुपौया र तृतीय हुनेलाई २१ हजार ८१ रुपौया पुरस्कार पाउने नगरपालिकाकी उप प्रमुख ईन्दिरा दरैले जानकारी दिईन् ।
त्यसै गरी प्रतियोगितामा सान्वना पुरस्कार ५ जनालाई जनही नगत ११ हजार ८१ रुपैया सहित मेडल र प्रमाण पत्र प्रदान गरिने जनाईएको छ ।
यस पटकको म्याराथन प्रतियोगिता कम खर्चमा गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार करिव ६लाखमा कार्यक्रम सम्पन्न गरिने उनको भनाई थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संघिय शिक्षा मन्त्री विद्या भण्डारीले गर्ने आयोजकले जनाएको छ ।