खुल्ला महिला हाफ म्याराथन दौड प्रतियोगिता हुने

दमौली न्युज
  • ख-
  • ख+

दमौली : व्यास नगरपालिकाको आयोजनामा तनहुँको धार्मिकस्थल व्यास नगरपालिका – ३ व्यास गुफा देखि ऐतिहासिकस्थल व्यास नगरपालिका – ११ तनहुँसुर सम्म खुल्ला महिला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । व्यास नगरपालिकाले माघ १६ गते शहिद दिवसको अवसरमा महिला हाफ म्याराथन प्रतियोगिता गर्ने भएको हो ।

व्यास गुफा देखि तनहुँसुर सम्म २१ किलो दुरी रहेको धार्मिक रुपमा परिचित व्यास गुफा र ऐतिहाकिस्थलको रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्य सहित म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको व्यास नगरपालिकाले जनाएको छ ।

म्याराथनमा महिला खेलाडीहरुले मात्र सहभागिता हुन पाउने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्