
दमौली: पछिल्लो समयका चर्चित मोडल हुुन् लोमश शर्मा । छोटो समयमै दर्शक स्रोताको अत्याधिक माया पाउन सफल हुन् मोडल शर्मालाई मोडलिङ्ग र मेला महोत्सवमा भ्याइनभ्याई छ । लोमशको निर्देशन तथा अभिनय रहेको ‘गोर्खे खुकुरी लाहुरे पल्टनमा…’ बोलको गीतले ७४ मिलेलियन भन्दा बढी भ्यू गएको छ ।

मोडलिङ्गबाट चर्चामा आएका तनहुँको व्यास नगरपालिका १२ का शर्मा मोडलिङको साथै हाल स्टेश कार्यक्रममा व्यस्त छन् । यस क्रममा मोडल शर्माले शुक्रबार नवौ तनहुँ महोत्सव प्रस्तुति दिनु भएको छ । स्टेजमा मोडल शर्मा उक्लिनी बित्तिकै, दर्शकको ताली र हुटिङको ओइरो लागोको थियो ।
लोमशको प्रस्तुति हेर्न हजारौं दर्शक महोत्सवको मैदानमा पुगेका थिए । मोडल शर्माले गोर्खे खुकुरी बोलको गीतको नृत्यमा दर्शक खुव रमाए । मोडल शर्मासँगै दर्शक पनि नाचेका थिए । मोडल शर्माले दर्शकको चाहाना अनुसार महोत्सवको मञ्चबाट तल झरेर दर्शकसँगै नाचेका थिए। मञ्चबाट गायिका अस्मिता अधिकारीले त्यो काले केटाले बोलको गीत मोडल शर्मा नाचे पछि दर्शकको वान्समोरलाई साथ दिँदै गायिका अस्मिताले काले केटाले बोलको गीत पूनः गाएकी थिइन।

लोमसँगै महोत्सवमा चर्चित गायिका अस्मिता अधिकारीको महोत्सवमा दर्शकलाई नचाएका । अस्मिताले सुरुमा “रमरम मरौटी” बोलको गीत गाएकी थिइन । महोत्सवमा अस्मिताले ‘‘तिमी आउनु माया लाउनु …’’ “साली मन पर्यो” गीतमा दर्शक रमाएका थिए । अस्मिताले के यो माया हैन र ? काले केटाले लगायतका लोकप्रिय गीत गाएर अस्मिताले दर्शकलाई झुमाएकी थिईन।
महोत्सवमा गायक महेश काफ्ले, उमादेवी खनाल, वृन्दा परियार लगायतको प्रस्तुति रहेको थियो ।
तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको सहआयोजनामा पुस २५ देखि सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्नेछ ।
महोत्सवमा शनिबार प्रेमराज महत र शिला आले आउने, साँझ ५ बजे रचना रिमाल र प्रकाश दुतराजको प्रस्तुति हुने
नवौ तनहुँ महोत्सवमा शनिबार तनहुँमा जन्मनु भई हाल अमेरिका बस्ने चर्चित गायक प्रेमराजा महत आउनु हुने भएको छ ।
त्यसैगरी तनहुँमै जन्मिएकी गायिका शिला आलेको प्रस्तुति हुने छ ।
त्यसैगरी गायक श्याम राना, इन्सल सन्जाल, गायक रमेश श्रेष्ठ मेलोडीको प्रस्तुति हुने भएको छ । यसैगरी साँझ ५ बजे भने रचना रिमाल र प्रकाश दुतराजको प्रस्तुति हुने छ । साँझको टिकट भने एक सय ५० रुपैयाँ तोकिएको छ ।